३९ जनाको शव भेटिएको घटनामा छानबिन गर्न आठ पक्राउ

३९ जनाको शव भेटिएको घटनामा छानबिन गर्न आठ पक्राउ

केन्द्रबिन्दु
0
Shares

हनोई,

बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। मारिएका सबै जना भियतनामी नागरिक भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा ती आठ जनालाई पक्राउ गरेको हो।

बेलायतको राजधानी लन्डनदेखि पूर्वतिर पर्ने ग्रेज एसेक्स औद्योगिक क्षेत्रमा फ्रिजयुक्त कन्टेनरभित्र ती ३९ शव फेला परेका थिए । गत अक्टोबर २३ मा भेटिएका शवमध्ये ३१ पुरुष र आठ महिलाको रहेको अधिकारीहरुले जनाएका छन् । मृत्युको कारण पत्ता लगाउन शव परीक्षण भइरहेको जनाइएको छ।

सुरुमा ती शव चिनियाँ नागरिकको भएको विश्वास गरेको बेलायती प्रहरीले पछि भने भियतनामी नागरिकको भएको विश्वास व्यक्त गरेको छ। तर अनुसन्धान भइरहेकाले घटनाको यथार्थ विवरण र मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। राज्यद्वारा सञ्चालित भियतनामी टेलिभिजनसँगको कुराकानीका क्रममा भियतनामी एक प्रहरी अधिकारीले घटना निकै पीडादायक भएको सोमबार बताए।
एजेन्सी

Skip This
Skip This
Logo