नेपाली जेलमा विदेशी कैदी

नेपाली जेलमा विदेशी कैदी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

विदेशी नागरिकले बेलाबखत नेपालमा आएर विभिन्न अपराधिक गतिविधि गरेको विवरण समय–समयमा नेपाल प्रहरीले सार्वजनिक गर्दै आइरहेको छ । लागूऔषध कारोबार, मानव ओसारपसार, प्रविधिमार्फत आर्थिक हिनामिना लगायत धेरै मुद्दामा विदेशी समातिन्छन्। यस्ता खाले अपराधमा संलग्न विदेशी नागरिक उम्कन भने पाउँदैनन् ।

नेपाललाई ट्रान्जिट बनाएर अपराधमा संलग्न तीन सय भन्दा बढी विदेशी नागरिकहरू नेपालका कारागारमा सजाय भोगिरहेका छन्। प्रहरीका अनुसार लागूऔषध, अप्राकृतिक मैथुन र प्रविधिको प्रयोगबाट आर्थिक हिनामिना गरेको आरोपमा यी विदेशी नागरिकहरू कारागार चलान भएका हुन् । केन्द्रीय कारागार सुन्धारामा दुई सय र नख्खु कारागारमा एक सय आठजना विदेशी कैदी छन् । यी कैदी भारत, चीन, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, दुबई, नाइजेरिया, इटली लगायत मुलुकका नागरिक हुन्।

नख्खु कारागारका शाखा अधिकृत कमलप्रसाद पाण्डेका अनुसार लागूऔषध सम्बन्धी कारोबारमा बढी विदेशीहरू मुछिएका छन्। लागुऔषध कारोबार गरेबापत १५ वर्षसम्मको जेल सजाय र पाँच लाख जरिबानासहित थुनामा राखिएका विदेशी नख्खु कारागारमा छन्। ‘विदेशीहरूले लागूऔषध कारोबार र मानव बेचबिखनको अखडा नै नेपाललाई बनाएका छन्,’ उनले भने, ‘विदेशीहरू नेपाल आएर यस्तोे कार्यमा संलग्न हुनु दुर्भाग्यपूर्ण हो।’
नागरिकबाट

Skip This
Skip This
Logo