सिन्धुली,
सिन्धुलीको सुनकोसी गाउँपालिकामा पहिलो पटक आयोजित प्रथम सुनकोसी कप फुटबल ०७६ को उपाधी काठमाडौंको भैरव फुटबल क्लबको पोल्टामा पुगेको छ।
सुनकोसी युवा समाजले आयोजना गरेको फुटबलको फाइनल खेलमा आयोजक सुनकोसी युवा समाजलाई २,१ गोल अन्तरले हराउँदै भैरव फुटबल क्लव प्रथम भएसँगै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
विजेता भैरव फुटबल क्लबले नगद ५१ हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता सुनकोसी युवा समाजले ३१ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा कुशेश्वर युनाइटेड क्लब तेस्रो भएको छ । उक्त क्लबले ११ हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र पाप्त गरेको छ । भैरव फुटबल क्लबका अनिल लामाले वेष्ट डिफेन्डरको पुरस्कार प्राप्त गरेका आयोजक समाजका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । खेलमा सिन्धुली, रामेछाप, काठमाडौं लगायत १६ वटा टिमको सहभागिता थियो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया