कालंगागाड जलविद्युत आयोजनाको सुरुङमा फसेका ४ जना मजदुर मृत फेला परेका छन् । आइतबार दिउँसो ३ बजेदेखि सुरुङभित्र फसेका उनीहरूको शव मृत अवस्थामा फेला परेको हो ।
ज्यान गुमाउनेमा दैलेखको गुराँस गाउँपालिका–३ का कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउद र बझाङ बुंगल नगरपालिका– १ का शेरसिंह धामी रहेका छन् । अक्सिजनको कमिका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ ।
स्थानीय प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले उद्धारको प्रयास गरे पनि सफल हुन नसकेपछि सोमबार काठमाडौंबाट उद्धार टोली मगाइएको थियो ।





























प्रतिक्रिया