कालंगा जलविद्युत आयोजनाको सुरूङभित्र फसेका मजदूरको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका चार जना उद्धार टोलीलाई सोमबार समिट एयरको हेलिकप्टरबाट बझाङ पठाइएको हो ।
बझाङको बुङ्गलमा निर्माणाधीन ६५ मेगावाटको कालंगा हाइड्रोपावरको सुरुङभित्र ४ जना मजदुर बेपत्ता भएका थिए । ३ वटा ट्याक्टर र एउटा जीपसहित ४ जना मजदुर भित्रै फसेका हुन् । बेपत्ता हुनेमा दैलेख घर भएका कर्णबहादुर शाही, देलेखकै महेन्द्र बहादुर शाही, अछामका महेन्द्र साउँद र बझाङका शेरसिंह धामी छन् ।





























प्रतिक्रिया