काठमाडौं,
प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश प्रमुख हटाइएका विषयमा कोही कसैले असन्तुष्टि जनाउनु पर्ने कारण नरहेको बताउनुभयो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले असन्तुष्टि जनाएको छ नी , भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “संवैधानिक व्यवस्था अनुसार नै उहाँहरुलाई हटाइएको हो । कसैले असन्तुष्टी जनाउनु पर्दैन ।”
रिक्त रहेका प्रदेश प्रमुख छिट्टै नियुक्त हुनेसमेत उहाँले विश्वास व्यक्त गर्नुभयो । “ढिलो गर्ने कुरा छैन, सरकारले छिट्टै निर्णय गर्ला र राष्ट्रपतिले नियुक्त गर्नुहुन्छ ।” संवैधानिकरुपमा नै प्रदेश प्रमुखहरु हटेकाले त्यसमा कोही कसैको असन्तुष्टि रहनुपर्ने कारण नभएको उहाँको भनाइ छ ।





























प्रतिक्रिया