अदालतको आदेश- ‘भीआईपी जुवाडेलाई नछोड्नु’

अदालतको आदेश- ‘भीआईपी जुवाडेलाई नछोड्नु’

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले ६ जना ‘भीआईपी जुवाडे’लाई थुनामै राखेर कारबाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका सबैलाई म्याद तामेल गरेर हाजिर गराउन पनि आदेश जारी गरेको छ । काठमाडौंको महाराजगञ्जबाट पौने ३ करोड रुपैयाँसहित पक्राउ परेकामध्ये ६ जनाले बन्द्रीप्रत्यक्षीकरणको रिट दायर गरेकोमा सर्वोच्चले बुधबार उनीहरुलाई थुनामै राखी कारबाही प्रक्रिया अगाडि बढाउन आदेश जारी गरेको हो ।

रिट दायर गर्नेहरूमा बलराम सापकोटा (बले), पवनकुमार गुप्ता, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, विक्रम गौतम र मुक्ति लामा, होमप्रसाद चौलागाईं, साङ्वे शेर्पा, शम्भु बुढाथोकी रहेका छन् ।

आइतबार बिहान महाराजगञ्जको पिपलमार्गमा जुवा खेल्दाखेल्दै पक्राउ परेका २५ जनाको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।

Logo