प्रधानमन्त्री अचानक अस्वस्थ, ग्राण्डी अस्पतालमा भर्ना गरियो

प्रधानमन्त्री अचानक अस्वस्थ, ग्राण्डी अस्पतालमा भर्ना गरियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको छ । उनलाई आज बिहान ग्राण्डी अस्पतालमा लगिएको हो । प्रधानमन्त्री ग्राण्डी अस्पतालमा भर्ना भएको अस्पतालले जनाए पनि उनको स्वास्थ्य अवस्थाबारे अहिले केहि जानकारी गराएको छैन ।

यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने प्रधानमन्त्रीलाई नियमित फलोअपका लागि अस्पताल लगिएको बताएका छन् । “नियमित फलोअप हो । केही जाँचहरू हुनेछन् । विवरण आएपछि मात्रै यसै भन्न सकिनेछ”-उनले भने ।

प्रधानमन्त्री ओलीको ११ वर्ष पहिले ०६४ सालमा भारतको अपोलो अस्पतालमा मृर्गौला प्रत्यारोपण गरिएको थियो। मृर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन् । उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमि आएको डाक्टरहरुले बताउँदै आएका छन् । उपचारकै शिलशिलामा ओली पटक पटक सिंगापुर जाने गरेका थिए ।

Logo