काठमाडौं,
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । गएको असोज ५ गतेदेखि शुरु गरिएको टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।
आजका प्रमुख समाचार मध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालीहरुको पर्व दीपावली मनाएको प्रसंगले निकै चर्चा पाएको छ । नेपालीहरुले पश्चिमा संस्कृतिलाई अंगाल्दै आइरहेको वर्तमान परिवेशमा अमेरिकी राष्ट्रपतिले नेपाली संस्कृति (चार्ड) मनाउनुलाई निकै महत्वका साथ हेरिएको छ ।
रोजगारीका लागि भारत पुगेका ३ जना नेपालीको हत्याको समाचारले पनि आज चर्चा मात्र पाएको छैन सबैलाई स्तब्ध पनि बनाएको छ । यस्तै क्यालिफोर्नियाकी महिला सांसदको यौनकाण्ड तथा नेपाली क्रिकेटको वरियतामा सुधार भएको प्रसंग पनि मुख्य समाचारको रुपमा आएको छ । थप विवरण हेरौं यो भिडियोमा:































प्रतिक्रिया