काठमाडौं,
काठमाडौंको गुर्जुधारामा सोमबार विहान ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन् ।
कलंकीबाट थानकोट जाँदै गरेको बा ५ ख ५०२५ नम्बरको ट्रक बिजुलीको पोलमा ठोक्किँदा चालक मकवानपुरका २५ वर्षिय अंकित तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । तामाङको उपचारका क्रममा ओम समाज अस्पतालमा ज्यान गएको बताइएको छ । घाइते सहचालकको उपचार भइरहेको र घटना बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया