नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले तिहार मनाएका छन्। उनले आइतबार कुकुर र लक्ष्मीको पूजा गरेका छन्।
बेरीले आफ्नो निवासमा रंगोली बनाउँदै तिहारमा रमाएको फोटोहरू सामाजिक संजालमा शेयर गरेका छन्। उनले कोठामा दियो बत्ती बालेर सबैलाई शुभकामना दिएका छन् ।
उनले आफ्नो घर अहिले झिलिमिली बत्तीले उज्यालो र रंगीन भएको बताउंदै सबैलाई शुभकामना पनि व्यक्त गरेका छन्। साथै उनले अमेरिकी दूतावास युवा परिषद्का सदस्यहरूसँग देउसी-भैलो पनि खेलेका छन्।










‘तिहार मनाउनुको सवैभन्दा रमाइलोमध्ये एक पक्ष देउसी-भैलो खेल्नु पनि हो, जस्ले पारिवारीक ममता र मीठा परिकारहरूको बिचमा साथीभाइ भेट हुने र सांगितिक रमाइलो थप्ने रमाइलो अवसर प्रदान गर्दछ। अमेरिकी दूतावास युवा परिषद्का केही सदस्यहरूको टिमले हाम्री प्रवक्ता एन्डी र वहाँको परिवारसँग देउसी मनाउने समय निकाल्नुभएको थियो।’ दुताबासले भनेको छ।
भिडियो





























प्रतिक्रिया