रगतको नमुना दिन महरालाई आदेश

रगतको नमुना दिन महरालाई आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ। जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्षणका लागि रगत दिन आदेश दिएको हो।

प्रहरी अनुसन्धान अधिकृतले डिएनए परीक्षण नगरी आरोपबारे अनुसन्धान गर्न नसकिने भन्दै आदेशको माग गरेका थिए। प्रहरीको माग बमोजिम डिएनएका लागि नमुना रगत उपलब्ध गराउन महराका नाममा आदेश भएको जिल्ला अदालतका प्रवक्ता आनन्दप्रसाद श्रेष्ठले बताए । महराले डिएनए परीक्षणका लागि रगत दिन अस्वीकार गरेका थिए।

महराको मुद्दामा तेस्रोपटकसम्म गरी अनुसन्धानका लागि अदालतले २५ दिन म्याद दिएको छ। कानुन अनुसार अनुसन्धानमा बढीमा २५ दिनसम्म म्याद थप्न पाउने व्यवस्था छ। प्रहरीलाई तिहार बिदा सकिए लगत्तै अभियोग पत्र दायर गर्नुपर्ने कानुनी बाध्यता छ। अहिले थपिएको म्याद पनि सकिएपछि कि त मुद्दा नचलाउने निर्णय गर्नुपर्ने कि अभियोगपत्र दर्ता गर्नुपर्ने हुन्छ।
नागरिकबाट

Logo