ललितपुरमा रोकिराखेको दुईवटा बसमा एक्कासी आगो लागेपछि….

ललितपुरमा रोकिराखेको दुईवटा बसमा एक्कासी आगो लागेपछि….

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिका-१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान आगलागी भएको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान करिब ११ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए ।

आगलागीबाट पार्किङ गरिराखेको बा३ख १३८९ र बा३ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भएको छ । अर्को सँगै रोकिराखिएको बा२ख ५९४५ नं को बसमा भने आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए । ढोका बन्द भएको बा३ख १३८९ नम्बरको गाडीको भित्रबाट आगलागी भएको प्रहरीको अनुमान छ ।

Logo