महरा प्रकरण: म्याद सकियो, बयान सकिएन

महरा प्रकरण: म्याद सकियो, बयान सकिएन

केन्द्रबिन्दु
0
Shares

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले दिएको म्याद सकिएको छ ।

जिल्ला अदालत काठमाडौंले गत २८ गते जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । अदालतले असोज १९ गतेबाट लागू हुनेगरी १३ दिने म्याद थप गरिएको थियो।

अदालतले दिएको म्याद सकिएपछि महरालाई आज फेरि म्याद थपका लागि अदालत लगिंदै छ ।  जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ।

म्याद थप लगतै थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएका महराको स्वास्थ्य अवस्था बिग्रिंदै गएपछि शनिबार सीसीयुमा सारिएको थियो। उनीमाथि डिएसपी कृष्ण चन्द नेतृत्वको  प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ। आफ्नो स्वास्थ्य अवस्था ठिक नभएको भन्दै महराले बयान दिन आनाकानी गरेपछि उनको पूर्ण बयान हुन् सकेको छैन।

गत असोज १९ गते पक्राउ परेका महरा तीन दिनपछि नै अस्पताल भर्ना भएका थिए।  महरालाई संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले बलात्कार प्रयासको आरोप लगाएकी थिइन्।

यो पनि 

महरालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

महरा काण्डमा नयाँ ट्वीष्टः रोशनीको शरीरमा चोट लाग्नुमा अन्य मानिसको संलग्नता

स्वास्थ्यमा समस्या देखिएपछि महराको बयान स्थगित

प्रहरीले ९ घण्टा बन्धक बनाएर बयान फेर्न लगायो : रोशनी शाही

रहस्यमय बन्दै महरा-रोशनी यौन काण्ड

रोशनीलाई भेटेर लेखिएको उनको लुकेको व्यथा

महरा काण्ड: रोशनी दम्पत्तीको सम्बन्ध विच्छेद

Logo