काठमाडौं,
राजधानी काठमाडौं र तराई–मधेस जोड्ने द्रुत मार्ग (फास्ट ट्रयाक ) निर्माण अन्तर्गत १४ हजार ६ सय ६९ रोपनी जग्गा अधिग्रहणको काम सम्पन्न भएको छ । १५ हजार ४ सय ६८ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा फास्ट ट्रयाकको ७ सय ९९ रोपनी जग्गाको मात्र मुअब्जा दिन बाँकी रहेको छ।
७२ दशमलव ५ किलोमिटरको फास्ट ट्रयाक निर्माणमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अन्तर्गत २ सय २८ रोपनी जग्गा थप अधिग्रहण गर्नुपर्ने भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जग्गा मुआब्जाको ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै बाँकी जग्गाको अधिग्रहण गर्ने प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो।
खोकना, बुङ्मती, डुकुछाप, महादेवटार, धेत्रे र लेनडाँडामा डीपीआरको रिपोर्ट अनुसार २ सय २८ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएको उहाँले बताउनुभयो । खोकना, बुङ्मती, सिकाली लगायतको क्षेत्रसहित अब ७ सय ९९ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएको हो।
डिपिआरको रिपोर्ट अनुसार समयसीमाभित्र नै फास्ट ट्रयाक निर्माणको काम सम्पन्न गरिने बताउदै प्रवक्ता पाण्डेले ठाउँठाउँमा बेलिब्रिज निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न ठाउँमा गरी १२ वटा बेलिब्रिज जडान गरिने भएको छ। नेपाली सेनाले आगामी साढे तीन बर्षभित्र फास्ट ट्रयाक निर्माण गर्ने लक्ष्य लिएको छ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया