नेपाल तरुण दलले स्थापना दिवस मनाउने

नेपाल तरुण दलले स्थापना दिवस मनाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल तरुण दलले ६७ औँ स्थापना दिवस भव्यताका साथ देशभर मनाउने भएको छ । दलको कार्यालय कुलेश्वरमा बसेको बैठकले दलको ६७ औँ स्थापना दिवसका अवसरमा कात्तिक १० गते रचनात्मक र सिर्जनात्मक क्रियाकलाप गरेर देशभर स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

दलका अध्यक्ष जीतजङ्ग बस्नेतले रक्तदान, खेलकूद, सरसफाइ, विचारगोष्ठी, ¥याली, प्रभातफेरी, चियापान लगायतका कार्यक्रम गरेर मनाउने निर्णय गरेको जानकारी दिनुभयो । दलले स्थापना दिवस भव्यताका साथ मनाउन सबै जिल्लालाई परिपत्रसमेत गरेको छ ।

बैठकमा अध्यक्ष बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान् गुरुङ लगायतको उपस्थिति रहेको थियो । वि.सं २०७३ कात्तिकमा अन्तिम सात निर्वाचन भएको तरुण दलले अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन ।

Logo