कार्यकर्ता पक्राउको प्रतिरोध गर्ने विप्लवको चेतावनी

कार्यकर्ता पक्राउको प्रतिरोध गर्ने विप्लवको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले आफ्ना कार्यकर्ता पक्राउको विरोधमा प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै राप्ती ब्युरोको बैठक र राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट राति २ बजे आफ्ना पार्टीका नेता–कार्यकर्ता पक्राउ गर्नु ‘सामाजिक फासीवादी’ कार्य भएको टिप्पणी गरे ।

‘उक्त सामाजिक फासीवादी गिरफ्तारीको पार्टी घोर विरोध एवम् भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा र राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी, तस्करीका विरुद्ध लडिरहेका हाम्रा नेता–कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गरिने पनि स्पष्ट गर्दछ ।’

प्रतिबन्धित नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरु सविन, युवा संगठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेका थिए ।

Skip This
Skip This
Logo