काठमाडौं,
किर्ते गरेको अभियोगमा सहयोगी विकास बैंकका सञ्चालक समितिका निवर्तमान सदस्य दीपेन्द्रकुमार यादव पक्राउ परेका छन् । उनलाई जनकपुरधाम ८ बलवा टोलस्थित उनकै निजी निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार नेकपाका नेता समेत रहेका उनी ठगी गरेको अभियोगमा फरार रहेका थिए । उनीमाथि जनकपुरधाम १० का लालबाबु रौनियारको धितो राखिएको जग्गाको रकम चुक्ता फिर्ता नगरेको तथा ठगी गरी बिक्री गरेको अभियोग छ।
प्रहरीका अनुसार ८ वर्ष अघि रौनियारले महोत्तरीको बर्दिबासस्थित ५ कठ्ठा जग्गा व्यक्तिगत रुपमा यादवकोमा धितो राखी ५० लाख रुपैयाँ ऋण लिएका थिए । केही वर्षभित्रै सो ऋणवापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरे पनि जग्गा फिर्ता नपाएपछि जिल्ला अदालत धनुषामा उनले मुद्दा दायर गरेका थिए । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैबीच, यादवको पक्राउमा बैंकको कुनै सम्बन्ध नभएको सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर खड्काले बताउनु भएको छ। उनी आफ्नै व्यक्तिगत कारणले पक्राउ परेको र हाल उनी बैंकको सञ्चालक समिति सदस्य समेत नरहेकाले उनको पक्राउमा बैंकको कुनै पनि विषय नजोडिएको सीईओ खड्काको भनाई छ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया