रवि लामिछानेलाई थुनामा पठाउँला कि फैसला सदर होला ? सुनुवाइ आज

रवि लामिछानेलाई थुनामा पठाउँला कि फैसला सदर होला ? सुनुवाइ आज

केन्द्रबिन्दु
0
Shares

टेलिभिजन प्रस्तोता रवि लामिछानेले जिल्ला अदालत चितवनको आदेशविरुद्ध दिएको निवेदनमाथि उच्च अदालत हेटौंडाले आज सुनुवाइ गर्दैछ ।

न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशले आज सुनुवाई गर्न लागेको हो । लामिछानेले जिल्ला अदालतको आदेशविरुद्ध भदौ २३ गते निवेदन दिएका थिए । त्यसको भोलिपल्ट भदौ २४ गते सरकारी पक्षले पनि धरौटीमा रिहा गर्ने निर्णय बदर गरेर थुनामा पठाउनु पर्ने भन्दै निवेदन दिएको थियो ।

हेटौंडा इजलाशका मुख्य न्यायाधीश टेकराज नेपालको भदौ १८ गतेको इजलाशले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको थियो ।

उच्च अदालतले जिल्लाले गरेको फैसला बदर वा सदर गर्न सक्छ । उच्च अदालतले जिल्लाको आदेश बदर गरेर अर्को आदेश पनि दिन सक्छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका लामिछाने ५ लाख धरौटीमा रिहा भएका थिए । यस सँगै पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने, विदेश भ्रमण जानुअघि अदालतको अनुमति लिनुपर्ने लगायतका सर्त राखेको थियो ।

जिल्ला अदालतले पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार युवराज कँडेललाई ३ लाख धरौटी र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो ।

Skip This
Skip This
Logo