सन्दीप लामिछाने: छोटो समयमा सर्वाधिक कमाउने नेपाली युवा (भिडियो सहित)

सन्दीप लामिछाने: छोटो समयमा सर्वाधिक कमाउने नेपाली युवा (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट र यूएईमा हुने टि–टेन प्रतियोगिताका लागि अनुबन्ध भएका छन्।  लामिछाने एकैदिन दुईवटा प्रतियोगितामा अनुबन्ध भएका हुन् ।

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा बर्मिङ्घम फिनिक्सबाट खेल्ने सन्दीपले १ लाख पाउण्ड अर्थात करिब १ करोड ४६ लाख पाउनेछन् भने टि–टेनमा ४५ हजार अमेरिकी डलर अर्थात् ५१ लाख रुपैयाँ पाउने भएका छन् । विभिन्न फ्रेन्चाइज लिगमा  खेलिसकेका सन्दीप लामिछानेलेको यो नै अहिलेसम्मको मंहगो पारिश्रमिक हो।

एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता २०२० को १७ जुलाईदेखि अगष्टसम्म चल्नेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ।

त्यस्तै युएईमा हुने टी १० लिगमा लामिछानेले कर्नाटकबाट खेल्ने छन् । सन्दीपले अघिल्लो सिजन केरलाबाट खेलेका थिए । यो प्रतियोगिता नोभेम्बर १४ देखि २४ सम्म अबुधाबीमा आयोजना हुनेछ ।

छोटो अवधिमा सर्वाधिक कमाउने युवा हुन् सन्दीप। उनको वार्षिक आम्दानी ५ करोड भन्दा बढी हुने भएको छ ।

 

Logo