काठमाडौं,
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीले आवश्यक ठानेमा मन्त्री हेरफेर हुन सक्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैँ, तिहार लगायत पर्वका अवसरमा बुधबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उहाँले पार्टीका नेताहरुसँग आवश्यक परामर्श गरेर प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनःगठन गर्नसक्ने जनाउनु भएको हो ।
उहाँले भन्नुभयो, “तर यो प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय हो ।” उहाँले दलबीच राजनीतिक विषयमा मतान्तर भए पनि देशको समृद्धि, संस्कृति र आपसी सद्भावका सवालमा साझा बिन्दु पहिल्याएर अघि बढ्न चाडपर्व र चियापानले सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो ।































प्रतिक्रिया