कप्तानबाट राजीनामा दिएको भोलिपल्ट पारसले मुस्कानलाई भेटे

कप्तानबाट राजीनामा दिएको भोलिपल्ट पारसले मुस्कानलाई भेटे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मंगलबार मात्र नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनसँग भेट गरेका छन् ।

खड्काले कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानलाई भेटेका हुन् । भेटेपछि पारसले उनको मूहारमा सधैँ मुस्कुराइरहने हिम्मत प्राप्त होस् भनि भगवानसँग प्राथना गरेका छन् ।

मुस्कानलाई भेट्न पारससँगै अर्का खेलाडी सोमपाल कामीसहितको टिम अस्पताल पुगेको थियो । ट्विटरमा मुस्कानसँगको सामूहिक तस्बिर शेयर गर्दै पारसले यो जघन्य अपराधमा संलग्न व्यक्तिलाई कडा भन्दा कडा कानुनी कारबाहीको माग गरे । मुस्कानलाई खुशीको उपमा दिँदै पारसले उनी सबैको प्रेरणा भएको बताएका छन् ।

Logo