‘केही गरेन’ भन्नेहरुलाई प्रधानमन्त्रीको आग्रह- “आँखा खोलेर हेर्नुहोस्”

‘केही गरेन’ भन्नेहरुलाई प्रधानमन्त्रीको आग्रह- “आँखा खोलेर हेर्नुहोस्”

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही पनि गरेको छैन भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । बुधबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त र सुशासनयुक्त समृद्ध नेपाल निर्माणका काम भइराखेको बताएका हुन्।

आँखा बन्द गरेर केही भएन भनिएको भन्दै उनले के भिन्नता छ भनेर थाहा पाउन आँखा खोलेर हेर्न आग्रह गरे । उनले अघि भने, सभ्रान्त वर्गको घर, जागिर, गाडी सम्पत्ति थियो । फरक नपरेको होला तर बुढाबुढीहरुलाई गएर सोध्नुस् त जीवनमा फरक परेको छ कि छैन ?’

विमानस्थलहरू निर्माण, स्तरोन्नति, सडक निर्माण, पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानीजस्ता काम भइराखेको  बताउंदै भने, “हल्लासल्लाको अर्थ छैन। केही पनि भएको छैन भन्ने हल्लाका पछाडि नदौडन आग्रह गर्छु।”

सरकारले काम गरिराखेको भन्दै उनले आँखा खोलेर हेर्न पनि आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले  वर्षातका बेला तराई क्षेत्र डुवान हुँदै आएकोमा भारतसँग कुराकानी गरेर डुवान अन्त्य गर्न पहल भइराखेको ओलीले बताए। ‘डुवान अन्त्य गर्न गम्भीर वार्ता भारतसँग भइराखेको छ,’ उनले भने।

‘ठूलासाना देशसँग हामी बराबरी हैसियतमा छौं,’ उनले भने, ‘हाम्रो देश हामीले नै बनाउने हो। रिस, राग र अनुचित प्रतिस्पर्धा गर्नुपर्ने कारण छैन।’

Skip This
Skip This
Logo