काठमाडौं,
राजधानीको दरबारमार्ग स्थित क्लब भिक्ट्रीमा भिषण आगलागी भएको छ । साँझ ६ः३० बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । भवनको सातौं तल्लामा रहेको क्लबबाट आगलागी सुरु भएको हो ।
विद्युत् सट भई आगोलागि भएको प्रहरीको प्रारम्भिक अनुमान छ। ‘सातौं तल्लाबाट आगो लागेकाले नियन्त्रणमा लिन कठिनाई भएको छ’, महानगरीय प्रहरी वृत्त दरबारका सई गोविन्द नायकले भने,
आगो निभाउनका लागि एक दर्जन भन्दा वढी दमकलहरुले प्रयास गरिरहेका छन् । आगालागीबाट के कति क्षति भयो यसको विवरण आएको छैन ।





























प्रतिक्रिया