मानसिक सन्तुलन बिग्रिएकी महिला बलात्कृत भइरहेको स्थानीयले देखेपछि…

मानसिक सन्तुलन बिग्रिएकी महिला बलात्कृत भइरहेको स्थानीयले देखेपछि…

केन्द्रबिन्दु
0
Shares

संखुवासभा । मानसिक सन्तुलन बिग्रिएकी एक महिला बलात्कृत भएकी छन् । संखुवासभाको मादी नगरपालिका– ४ की ३५ वर्षीया एक महिला बलात्कृत भएकी हुन् । बलात्कार गरेको अभियोगमा एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत माल्दका ३९ वर्षीय सफिकुल मियाँ रहेको प्रहरीले जनाएको छ । कवाडी समान उठाउँदै आएका मियाँले आइतबार बिहान घर नजिकै हिडिरहेको अवस्थामा ती महिलालाई बलात्कार गरेका थिए ।

आइतबार साँझ पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय चैनपुरमा राखिएको छ । मियाँ ८ वर्षदेखि कवाडीका सामान खरिदका क्रममा संखुवासभाका विभिन्न स्थानमा आउने जाने गरेको प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिए ।

मियाँले मानसिक सन्तुलन ठीक नभएकी महिलालाई बलात्कार गरिरहेको देखेपछि स्थानीयवासीले रंगेहात पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo