दुई दिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । नेपाली समयअनुसार ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका सी लाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् ।
यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका थिए । सीले शनिबार राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नेछन्। यसैगरी पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेपछि उनी रात्रिभोजमा सहभागी हुनेछन्।
शुक्रबार भारतको यात्रामा निस्केका सी शनिबार चेन्नईबाट नेपालका लागि प्रस्थान गरेका हुन् । चिनियाँ राष्ट्र प्रमुखले २३ वर्षपछि नेपालको भ्रमण गरेको हो ।





























प्रतिक्रिया