सी चिनपिङ चेन्नईबाट काठमाडौं प्रस्थान

सी चिनपिङ चेन्नईबाट काठमाडौं प्रस्थान

केन्द्रबिन्दु
0
Shares

दुई दिने राजकीय भ्रमणका लागि चीनका राष्ट्रपति सी जिनपिङ् भारतको चेन्नईबाट काठमाडौं प्रस्थान गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणमा चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउन लागेका हुन्।  चिनियाँ राष्ट्रपति सी विशेष विमानबाट आज अपराह्न साढे ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन्।

राष्ट्रपति सी को सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम छ । उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अधिकारीहरू विमानस्थलमा उपस्थित हुनेछन् ।

२३ वर्षपछि चीनका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आएका हुन् ।

Logo