चिनियाँ राष्ट्रपति सी आज नेपाल आउने (भ्रमण तालिका सहित)

चिनियाँ राष्ट्रपति सी आज नेपाल आउने (भ्रमण तालिका सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आइपुग्दै हुनुहुन्छ । नेपाल भ्रमणका क्रममा राष्ट्रपति सीले उच्चस्तरीय भेटघाटका साथै विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । यस विचमा राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यतालिका छ । उहाँ आज दिउँसो ४ः३० बजे काठमाडौं आइपुग्ने र आइतबार मध्याह्न १२ः३० बजे स्वदेश फर्कनु हुने कार्यक्रम छ । उहाँको नेपाल भ्रमण यस्तो रहने छ :

भ्रमण तालिका :

शनिबार

५ः०० बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण,

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत,

विमानस्थलमै सैनिक सलामी अर्पण,

सी सोल्टी होटल प्रस्थान,

६ बजे, राष्ट्रपति भवन शीतलनिवास प्रस्थान,

६ः३० बजे राष्ट्रपतिद्वयबीच भेट, भेटपछि सोल्टी होटल फिर्ता,

७ः१५ बजे प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट,

७ः३० बजे राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति,

आइतबार

१०ः३० बजे नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता,

११ः३० बजे प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता,

१ः०० बजे स्वदेश फिर्ता

Skip This
Skip This
Logo