सी को स्वागतका लागि माइतीघर आउँन कर्मचारीलाई सरकारको उर्दी

सी को स्वागतका लागि माइतीघर आउँन कर्मचारीलाई सरकारको उर्दी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चिनियाँ राष्ट्रपतिको स्वागत र विदाइका लागि निजामती कर्मचारी खटाइने भएको छ । शनिवार काठमाडौं आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले निजामती कर्मचारीलाई खटाउने भएको हो ।

राष्ट्रपति सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्किने दिन आइतबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निजामती कर्मचारीलाई स्वागत तथा विदाइको लागि खटाइनेछ ।

त्यसका लागि निजामती कर्मचारीहरुलाई निजामती पोसाक लगाएर शनिबार दिउँसो ३ः४५ बजे र आइतबार विहान ११ः१५ बजे आउन निर्देशन दिइएको छ । स्वागत तथा विदाइका लागि सबै मन्त्रालयबाट १०० जना कर्मचारी ल्याउन भनिएको छ ।

कुन ठाउँमा कुन मन्त्रालयका कर्मचारी राखिने ठाउँ समेत तोकिएको सरकारी अधिकारीले जनाएका छन् । तोकिएको ठाउँमा कर्मचारी आए नआएको हेर्न सडकमै हाजिर गर्ने व्यवस्था समेत मिलाइएको छ ।

Logo