कतार विश्वकप २०२२ को छनोट खेलमा अस्ट्रेलियासँग नेपाल पराजित भएको छ।
क्यानबेरास्थित जिआओ रंगशालामा भएको खेलमा अस्ट्रेलियाले पहिलो हाफमा ३ र दोश्रो हाफमा २ गोल गरेर जित हासिल गरेको हो ।
अस्ट्रेलियाका लागि छैटौं मिनेटमै जिमि म्याकलेमले पहिलो गोल गरेका थिए । त्यसपछि १९ औं मिनेटमा पनि जिमिले अर्को गोल थपे। यस्तै २३ औं मिनेटमा ह्यारीले टिमका लागि तेस्रो र व्यक्तिगत पहिलो गोल गरे ।
५९ औं मिनेटमा ह्यारीले व्यक्तिगत दाेस्राे तथा टिमका लागि चाैथाे गाेल गरे । त्यस्तै जिमि म्याकलेमले नै गोल थपेपछि नेपाल स्तब्ध बन्यो ।
समूह बी मा नेपालसहित अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनीज ताइपेई रहेका छन् । नेपाल पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको थियो भने चाइनीज ताइपेईलाई २–० ले पराजित गरेको थियो ।





























प्रतिक्रिया