टी–२० क्रिकेटमा नेपाल र ओमान भिड्दै, पारस र इशान आउट

टी–२० क्रिकेटमा नेपाल र ओमान भिड्दै, पारस र इशान आउट

केन्द्रबिन्दु
0
Shares

ओमानमा भइरहेको पाँच देशबीचको टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र ओमान खेलिरहेको छ ।

ओमानले टस जितेर पहिला बलिङ राेजेपछि नेपालले ब्याटिङ् गरेको छ । नेपालले सामान्य सुरुवात गरेको छ। ३ ओभरको खेल सकिंदासम्म नेपालले २ विकेट गुमाएको छ ।

पहिलो ओभरको खेलमै इशान पाण्डे २ रनमै आउट भएका हुन् । त्यस्तै पारस खड्का तेश्रो ओभरको अन्तिम बलमा ५ रन बनाएर बाहिरिएका छन् ।

आजको प्लेयिङ सेटमा सुशन भारीसहित आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, अभिनाश बोहोरा, सन्दिप जोरा, करण केसी, पारस खड्का, सन्दिप लामिछाने, इशान पाण्डे, र सोमपाल कामी रहेका छन् ।

Logo