काठमाडौं । टी २० श्रृंखलाको हङकङसँगको पहिलो खेलमा नेपालले १२६ रनको लक्ष्य पाएको छ । पाँच देशको टी-२० श्रृंखलाअन्तरगत हङकङसँगको पहिलो खेलमा नेपालले उक्त लक्ष्य पाएको हो ।
टस जितेर पहिले बलिङ गरेको नेपालले हङकङलाई १२५ रनमा समेटेको थियो । करण केसीले एकै ओभरमा तीन विकेट लिएका थिए । ४१ रनमा तीन विकेट गुमाएको अवस्थाबाट किञ्चित शाह र वकास वर्कतले हङकङको इनिङ सम्हालेका थिए ।
अन्तिम ओभरमा पनि एक विकेट लिएर करणले आफ्नो विकेट संख्या ४ पुर्याएका छन् । टी(२० मा यो उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन हो । नेपालका लागि अर्को एक विकेट अविनाश बोहराले लिएका छन् ।





























प्रतिक्रिया