आजदेखि यी रुटमा चल्दैछ प्रहरीको निःशुल्क बस

आजदेखि यी रुटमा चल्दैछ प्रहरीको निःशुल्क बस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल प्रहरीले महाअष्टमी (आज) देखि विजयादशमीसम्मका लागि निःशुल्क बस सञ्चालन गरेको छ । प्रहरी प्रधान कार्यालयले दशैंमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सञ्चालन गर्न लागेको हो ।

निःशुल्क बस सेवा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गरिनेछ । पहिलो रुट अन्तर्गत रुट नं. १ मा नक्साल, जय नेपाल, दरबारमार्ग, रत्नापार्क, नागस्थान, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर र पुतलीसडक छन् ।

यस्तै रुट नं. २ मा मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार छन् । प्रहरीले चाडपर्वका समयमा यात्रुको सहजताका लागि दुई बस सञ्चालन गर्न लागेको हो ।

यस्तै नेपाली सेनाले पनि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । उपत्यकामा यात्रुको सहजताका लागि सेनाले पनि बस सेवा सञ्चालन गरेको हो ।

Logo