३२ खसीबोका नियन्त्रणमा

३२ खसीबोका नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

महोत्तरी,
महोत्तरीमा दशैँका लागि भन्सार छली भारतबाट अवैधरुपमा तस्करी गरी नेपाल ल्याएको ३२ वटा खसीबोका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरी जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ हेक्वा जलसागरले जलेश्वर नगरपालिका–५ स्थित नेपाल भारत सीमा नजिकैबाट तस्करी गरी ल्याइएका ३२ वटा खसीबोका नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार गएराति वनको बाटो हुँदै भारतबाट नेपाल भित्र्याइएको ती खसीबोकालाई सीमा गस्तीमा खटेका सशस्त्र प्रहरी टोलीले देखेपछि उनीहरु ती खसीबोका छाडेर भागेपछि सशस्त्र प्रहरी टोलीले ती खसीबोका नियन्त्रणमा लिएको हो । सीमा नजिकैबाट नियन्त्रणमा लिइएका खसीबोका सशस्त्र प्रहरीले आवश्यक कारवाहीको लागि जिल्लाको मूल भन्सार कार्यालय मलिवारामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

Logo