काठमाडौँ,
सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । संसद् सचिवालयमा कार्यरत महिलाले उनलाई सो आरोप लगाएकी हुन् । तर दुर्व्यवहार आरोपको सभामुखको निजी सचिवालयले खण्डन गरेको छ । सचिवालयमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आइतबार राति आफ्नै निवासमा आएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
आफूलाई दुर्व्यवहार गरेको घटनाबारे प्रहरीलाई जानकारी गराएपछि सभामुख महरा निवासबाट बाहिरिएको उनले बताएकी थिइन् । त्यसैका आधारमा सोमबार साँझ अनलाइन सञ्चारमाध्यममा समाचार आएपछि सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमबार राति विज्ञप्ति जारी गरी खण्डन गरेका हुन् ।
अनलाइन सञ्चारमाध्यमले सम्प्रेषण गरेका समाचार भ्रामक रहेको उनको दाबी छ । ‘सभामुख ज्यूले कसैलाई पनि दुर्व्यवहार गरेको कुरा’ कल्पनासमेत गर्न सकिँदैन । हिजो आइतबार घटना भएको भनी जसरी सभामुख ज्यूको चरित्र हत्या गर्ने दुष्प्रयास भइरहेको छ, त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरूमा जानकारी गराउँछु,’ मल्लले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कान्तिपुरबाट





























प्रतिक्रिया