काठमाडौं ।
प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपियो) ५ लाख ४० हजार आवेदकले १० कित्ताका दरले पाएका छन् । कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा बिहान ११ बजे शेयर बाँडफाँड गरिएको थियो ।
कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म कूल ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३, ३ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
कम्पनीको आईपीओमा १० लाख ५१ हजार २१६ जनाले आवेदन गरेकोमा २ हजार १६९ आवेदन रद्ध भएका थिए । सदर आवेदन १० लाख ४९ हजार ४७ लाई गोलाप्रथाबाट उक्त शेयर वितरण गरिएको हो ।
कम्पनीको शेयरमा आवेदन दिएका ५ लाख ११ हजार २१६ जनाले शेयर पाउन सकेनन् । आवेदन सदर भएका ५ लाख ९ हजार ४७ जनाले कम्पनीको आईपीओ पाउन सकेनन् । आईपीओ बाँडफाँड भएसँगै प्रभु लाइफको चुक्ता पूँजी दुई अर्ब पुगेको छ ।





























प्रतिक्रिया