भष्ट्राचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको छ । राजावादीलाई कार्यक्रम गर्न दिदँनौं भन्दै आएका नेकपा कार्यकर्ताहरूले कुटपिट गरेका हुन् ।
शाही चितवनको चौबिसकोटीमा आयोजित कार्यक्रममा सम्बोधनका लागि पुगेका थिए । त्यही कार्यक्रममा नेकपा कार्यकर्ताहरूले लखेट्दै कुटपिट गरेका हुन् ।
उनीहरुले कार्यक्रमका लागि बनाइएको स्टेज समेत भत्काई दिएका छन्। उनीहरुले चितवनलाई राजनीतिक अखडा नबनाउन भन्दै नाराबाजी गरेको थिए।
नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम समेत विथालेका छन् । प्रहरीको शाहीको उद्दार गरेको छ । चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका शाहीमाथि कुटपिट भएको थियो । उनको गाडीमा समेत तोडफोड गरिएको छ ।































प्रतिक्रिया