गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन (असोज १२ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको बिहीबारको बैठकले बिदा दिने निर्णय गरेको हो ।
क्षेत्री समाज नेपालसहितका संघसंस्थाहरुले दशैँ सुरु हुने घटस्थापनाका दिन सार्वजनिक बिदा दिनुपर्ने माग राख्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएका थिए ।
यसअघि घटस्थापनाको दिनमा दिइँदै आएको बिदा संघीय सरकारले काटेको थियो ।































प्रतिक्रिया