कालेको कर्तुत: ५ अर्ब ह्याक गर्ने योजना, नेपालीलाई ३५ प्रतिशतसम्म कमिशन

कालेको कर्तुत: ५ अर्ब ह्याक गर्ने योजना, नेपालीलाई ३५ प्रतिशतसम्म कमिशन

केन्द्रबिन्दु
0
Shares

कृषि बिकास बैंक ह्याक प्रकरणमा बिदेशी नागरिक ‘काले’ भन्ने पिटरको मुख्य हात रहेको प्रहरीले जनाएको छ।  महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो।

मुख्य योजनाकार काले लामो समयदेखि भारतको मुम्बइमा बसी नेपालका बैंक तथा बित्तिय सस्थाहरुबाट ५ अर्ब रुपैयाँ भन्दा बढी ह्याक गर्ने योजना बनाएको प्रहरीले जानकारी दिएको छ।  त्यसका लागि उनले कृषि बिकास बैंक, पानस रेमिट, कैलाश बिकास बैंक र नबिल बैंक लगायतका वित्तिय सस्थालाई टार्गेटमा राखेका थिए ।  त्यसका लागि उनी पटक पटक नेपाल आइ यहाका एजेन्टहरुसंग बैठक बसेको अनुसन्धानबाट खुलेको छ।

मंगलबार राती कृषि बिकास बैंक र पानस रेमिटबाट ठूलो रकम निकालिएपछि अनुसन्धानमा खटिएको प्रहरीको टोलीले १२ जनालाई पक्राउ गरेको थियो। उनीहरुले कृषि बिकास बैंकबाट  ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ र पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ ह्याक गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा नुवाकोटका  लावाङ् तामाङ्ग,  रसुवाकी लक्ष्मी  लामा, तारकेश्वरका संजय घले, रसुवाकी  निर्मला तामाङ्, सोही ठाउँकी  निमा तामाङ्, सर्लाहीका पुष्पराज खड्का, लमजुङ्का बिध्यासगर लामिछाने, तनहुका श्रावन कुमार श्रेष्ठ, भक्तपुरका सुनिता श्रेष्ठ, भारत कलकत्ताकाका शुबंकर पन्जा, कैलालीका विजय शाह र  चन्द्र बहादुर बुढा रहेका छन्।

ह्याकरले नेपाली एजेन्टलाई १५ देखि ३५ प्रतिशतसम्म कमिशन दिने र बाँकी रकम भारत पठाउने योजनाका साथ मिशनमा लागेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

Skip This
Skip This
Logo