पाकिस्तानमा ६.३ म्याग्नेच्युडको भूकम्प, ५ को मृत्यु ५० बढी घाइते

पाकिस्तानमा ६.३ म्याग्नेच्युडको भूकम्प, ५ को मृत्यु ५० बढी घाइते

केन्द्रबिन्दु
0
Shares

भारत पाकिस्तान सीमानजिकै मंगलबार ६.३ म्याग्नेच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४:३३ बजे लाहौरबाट १७३ किलोमिटर उत्तरपूर्वमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महसुस गरिए पनि यसले पाकिस्तानमा बढी क्षति गरेको छ ।  अहिलेसम्म प्राप्त जानकारी अनुसार पाकिस्तानको कस्मिरमा ५ को मृत्यु भएको छ भने  ५० जनाभन्दा बढी घाइते  भएका छन्  ।

मानिसहरू घर छोडेर बाहिर निस्किएका छन्। उद्धार कार्य सुरु गरिएको छ ।

Skip This
Skip This
Logo