हिक्मतलाई करातेमा दुई स्वर्ण

हिक्मतलाई करातेमा दुई स्वर्ण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

‘अमेरिका कराते कप’मा नेपालका हिक्मत घर्तीमगरले दुई स्वर्ण पदक जितेका छन् । अमेरिकाको न्यूयोर्क शहरमा भएको उक्त प्रतियोगितामा आइतबार उनले ६७ किलो तौल समूहको कुमुते र एकल कातातर्फ स्वर्ण हात पारेका हुन् ।

दुवै प्रतिस्पर्धामा हिक्मतले फाइनलमा अमेरिकाका खेलाडीलाई पराजित गरेका थिए । उक्त प्रतियोगितामा ४० देशका कराते खेलाडी सहभागी थिए ।

सो प्रतियोगितामा नेपालबाट भाग लिने हिक्मत एक्ला खेलाडी हुन् । सन् २०१५ देखि पोर्चुगलमा बस्दै आएका उनी नेपालको प्रतिनिधित्व गर्दै खेल्न अमेरिका गएका हुन् ।

Logo