काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङ मार्ग योजनाको आज(सोमबार) सम्झौता हुदैंछ । सरकारले जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीसँग निर्माण सम्झौता गर्न लागेको हो ।
सम्झौतामा हाज्मा–आन्द्रो जेभीका प्रतिनिधि र नेपालका तर्फबाट सडक विभागको नेपाल विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले हस्ताक्षर गर्नेछन्।
२.६ किलोमिटर लामो यो सुरुङ मार्ग निमार्ण सुरु भएको ४२ महिनामा सक्ने तयारी भइरहेको छ । आज हुनेआयोजना १३ अर्बको लागतमा बन्न लागेको हो।
आयोजना निमार्णको लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक सहयोग हुनेछ। यसअघि नै जाइकासँग १६ अर्ब ऋण सम्झौता भइसकेको छ।





























प्रतिक्रिया