सरिता प्रजापतिले ल्याईन निकै हृदयस्पर्शी गीत ‘फूल्न नपाउँदै’

सरिता प्रजापतिले ल्याईन निकै हृदयस्पर्शी गीत ‘फूल्न नपाउँदै’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गायिका सरिता प्रजापतिले एकदमै हृदयस्पर्शी गीत लिएर आएकी छन् । पेशाले नर्स सरिता गायन क्षेत्रमा पनि निकै लोकप्रिय छिन् । रमाइला गीतहरूलाई लिएर आउने गरेकी गायिका सरिताले यो पटक भने एकदमै पीडाले भरिएको गीत बजारमा ल्याएकी हुन् ।

गायिका सरिताले हालसालै मात्र सबैलाई रुवाउने ‘फूल्न नपाउदै’ बोलको मार्मिक गीत लिएकी हुन् । उनको यो गीत सुनेर नरुने सायदै कमै होलान्। साईन प्रोडक्सन युट्युब च्यानल मार्फत सार्वजनिक उक्त गीत कलिलै उमेरमा मृत्यु वरण गर्न पुगेकी एउटी बहिनीको वास्तविक घटनामा तयार पारिएको छ । भिडियोमा पनि त्यही बहिनीलाई देखाइएको छ ।

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय सरिताले आफ्नो नर्सिङ पेशालाई पनि अगाडि बढाउँदै आएकी छन् । सुरेन्द्र लाल भुजुको शब्द, अनिश श्रेष्ठको संगीत रहेको गीतलाई क्यान्सरबाट कलिलै उमेरमा मृत्यु वरण गरेकी आफ्नी भान्जीको सम्झनामा मामा गीतकार सुरेन्द्र लाल भुजुले लेखेको भाव हो।

Skip This
Skip This
Logo