एजेन्सी । बेलायतमा एक ९५ वर्षे जुम्ल्याहा दिदिबहिनी छन् । लिलियान कक्स र डोरिस हबडे जुम्ल्याहा दिदिबहिनी हुन् । उनीहरूको जीवन धेरैको लागि प्रेरणादायी बनेको छ ।
९५ वर्षको उमेरमा उनीहरू न विरामी छन् न त कमजोर नै छन् । तन्दुरुस्तीबारे धेरैले जिज्ञासा पनि राख्छन् । उनीहरु योगा गर्ने र खानपानमा निकै ध्यान दिन्छन् ।

लामो उमेयर खुसी रहेर बाँच्नुको कारण सेक्स र मदिरापानको प्रतिबन्धलाई दिन्छन् । कक्स भन्छिन्, ‘लामो उमेर खुसी रहेर बाँच्नुको सामान्य रहस्य हो, नो सेक्स, टन्न बियर ।’
१९२४ मा उनीहरु बर्मिंघममा जन्मिएका थिए । रोचक त उनीहरु अहिले पनि सामाजिक सञ्जालमा सक्रिय छन् । फेसबुकमा त जुम्ल्याहाले पेज नै बनाएका छन् ।

गत जुलाइ २० मा उनीहरु ९५ वर्ष पुगेको उपलक्ष्यमा समारोह नै गरे । पछिल्लो समय यी बेलायती बृद्धाहरुलाई मिडियाले पनि पछ्याउन थालेका छन् । उनीहरु भने रोचक पारामा अन्तर्वार्ता दिन्छन् ।
आफ्नो जीवनशैलीको राजबारे खुलेर बोल्छन् । नियमित योगा गर्ने कक्सले जीवनको रहस्यबारे भनिन्, ‘नो सेक्स, लट्स अफ बियर ।’ जुन सामाजिक सञ्जालमा समेत भाइरल बनिरहेको छ । उनीहरूले सेक्सलाई आफ्नो जीवनबाट टाढा नै राखेका छन् । भने बियर पनि धेरै पिउँदैनन् ।





























प्रतिक्रिया