रौतहटको कटहरिया १ मा बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दुर्घटनामा भएको छ । उक्त गाडी बिहान ४ बजे सडकबाट ६ फित तल खसेर दुर्घटना भएको हो ।
गाडीमा फिल्म निर्देशक पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी, छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत रहेका थिए । दुर्घटनामा कलाकारहरुलाई सामान्य चोटपटक मात्रै लागेको प्रहरीले जनाएको छ। कटहरियामा सामान्य उपचार गराएपछि कलाकारहरु अहिले आराम गरिरहेका छन् ।
उनीहरु ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गीतको छायाँकनका लागि त्यहाँ पुगेका थिए ।





























प्रतिक्रिया