काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्थाप्रति कुनै खतरा नरहेको बताएका छन् । व्यवस्थाप्रति खतरा नरहे पनि अराजक तत्वहरुको प्रतिवाद गर्नुपर्ने बेला आएको बताए ।
पछिल्लो केही दिनयता उच्छृंखल गतिविधिले व्यवस्थाप्रति नै प्रहार भएको भन्दै प्रचण्डले त्यसको प्रतिवाद गर्नुपर्ने बेला आएको बताएका हुन् ।
आइतबार विराटनगर पुगेका प्रचण्डले व्यवस्थाप्रति अहिले नै खतरा नरहेको बताउँदै अराजक तथा उच्छृंखल तत्वको गतिविधि बढेकाले त्यसकोको प्रतिवाद गर्नुपर्ने बेला भने आइसकेको उनको ठहर छ ।
उनले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकै ठाँउमा रहेको दाबी गरे । अराजक गतिविधि गर्नेलाई नेपाली कांग्रेसले सघाएको आफूहरुले औपचारिकरुपमा जानकारी नपाएको बताउँदै केही व्यक्तिहरुले गर्ने कुरा बेग्लै भएको बताए ।































प्रतिक्रिया