काठमाडौं । आजदेखि दसैंका लागि अग्रिम बस टिकट बुकिङ खुला गरिएको छ । अग्रिम बस टिकट बुकिङ खुला भएसँगै बसपार्कमा भीड लागेको छ । यो वर्षको दसैंमा भाडादर नबढाइएको सरकारले जनाएको छ ।
गत भदौ २६ गते यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
सोही निर्णय बमोजिम अग्रिम टिकट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए । यात्रुको सहजताको लागि उपत्यकाका १४ ठाँउमा नागरिक सहायता कक्ष राखिएको छ ।
[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/Bhadadar-2075-06-07.pdf& title=”Bhadadar 2075-06-07″]





























प्रतिक्रिया