चितवन । बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा काठमाडौंबाट रोल्पा आउँदै गरेको ना४ख २६०७ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएको हो ।
शनिवार राति साढे १२ बजेतिर अन्दाजी २८ वर्षीय पुरुषलाई ठक्कर दिएको चितवन प्रहरीले जनाएको छ । बसको ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको हो ।
मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





























प्रतिक्रिया