काठमाडौं,
नेकपा नेता वामदेव गौतमले मंसिर १४ मा हुने उपनिर्वाचनमा कास्की २ बाट नउठ्ने घोषणा गरेका छन् । गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकमा स्वर्गीय रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा आफूले उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।
ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा अधिकारीको निधनपछि कास्की २ खाली छ । ‘मलाई कास्कीबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति हार्दिक आभार प्रकट गर्दछु’, उनले भनेका छन् ।
उनले उक्त निर्वाचन क्षेत्रमा आफूले उम्मेदवारी दिँदा पराजित हुन सक्ने भय पनि व्यक्त गरे । ‘यस अघि प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया–१ बाट उम्मेदवार भएको यहाँहरुमा विधितै छ। उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो’, उनले भने, ‘तर, म पराजित हुनुपर्यो । त्यो भन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो। तर मलाई विश्वास छ म भन्दा अरू कोही स्थानीय कमरेड उठ्नु हुँदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ।’
उनले स्थानीय नेतालाई निर्वाचनमा भाग लिन पहिलो हक भएको बताएका छन् । यदी स्थानीय नभए कास्कीलाई कार्यक्षेत्र बनाएर काम गर्ने नेतालाई टिकट दिनु पर्ने गौतमले अडान लिएका छन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया