काठमाडौँमा बस्नेहरुका लागि उनी परिचित व्यक्ति हुन् । टेकु, त्रिपुरेश्वर र सुन्धाराका मुख्य सडकमा दिनहुँजसो भेटिन्छन् उनी। उनको साथमा हुन्छ ह्वीलचेयर। र, ह्वीलचेयरमा हुन्छ केही पत्रपत्रिका र पानी। तिनै पत्रपत्रिका र पानीले चलेको छ उनको दैनिक जीवनयापन।
बाहिरबाट नियाल्दा उनको हाउभाउ र मुहार प्रशन्न देखिन्छन्। तर उनको जीवन सोचेजस्तो प्रशन्न भने छैन। स्वास्थ्य, रोजगारीदेखि परिवार समेतले दिएको असह्य पीडा सहेर बसेका उनी हुन् क्षेत्रबहादुर भण्डारी। जो अहिले ह्विलचेयरलाई नै बाच्ने आधार बनाइरहेका छन् ।
प्रस्तुत छ, भण्डारीको कथा व्यथा समेटेर तयार पारिएको यो भिडियो सामाग्री





























प्रतिक्रिया